दफा ३५
पुरस्कार दिन सकिने-
(१) यस ऐन बमोजिम कसूर मानिने कार्य भएको वा हुन लागेको सूचना दिने र अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनको कार्यमा सहयोग पुर्याउने व्यक्तिलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म पुरस्कार दिन सक्नेछ ।
(२) यस ऐन बमोजिम कसूर मानिने कार्यको अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनमा उल्लेखनीय योगदान पुर्याई सङ्कटापन्न वन्यजन्तु
वा वनस्पति वा सो को नमुनाकोव्यापार नियन्त्रणमा सहयोग पुर्याउने व्यक्ति वा कर्मचारीलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म रकम
प्रोत्साहन पुरस्कार स्वरुप उपलब्ध गराउन सक्नेछ ।